राप्रपालाई छोडेर बाँकी तीन विपक्षी दलको मोर्चा बन्यो, सरकारलाई ज्ञापनपत्र बुझाउने

Advertisement

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलहरूको बैठकले नयाँ मोर्चा बनाएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति पनि गरेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए । 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र राष्ट्रिय स्ववतन्त्र पार्टी सहभागी तीन दलीय मोर्चामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने राखिएको छैन । बस्नेतले भने, ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’ 

Advertisement

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले पार्टीगत र निहीत स्वार्थलाई प्राथमिकता राखेको महसुस भएको बस्नेतको भनाइ छ ।

साथै, बैठकले तीन सदस्यीय संयन्त्र पनि बनाएको छ । संयन्त्रमा माओवादी केन्द्रका बस्नेत, रास्वपाका शिशिर खनाल, समाजवादीका राजेन्द्र पाण्डे छन् । 

Advertisement

Advertisement