‘यति संघर्ष र दुःख गरें । अहिले आएर मलाई नेपाली होइन भन्नु हुन्छ । त्यो गलत हो । मेरो हकअनुसार र नेपालको कानुन अनुसार नै नेपाली गैरआवासीय नेपालीको कागज लिए । तपाइँहरुले कसरी म नेपाली होइन भन्न सक्नु हुन्छ म नेपाली होइन भनेर ? ’

नेपाललाई स्काइ डाइभको ‘हब’ बनाउने प्रयासलाई सरकारले नै साथ दिएनः निर्मल पुर्जा

Advertisement

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले नेपाललाई स्काइ डाइभको हब बनाउन सरकारले सहयोग नगरेकोप्रति असन्तुष्टि जनाएका छन् । 

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु ५० औं पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन (पूरक अक्सिजन बिना) विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छोटो समयमा आरोहण गन सफल पुर्जाले कर्पोरेट नेपालसँग भने, ‘नेपाललाई एक्सट्रिम हब बनाउनपर्यो भनेर मैले आफ्नै पैसा खर्च गरेर गएको वसन्त ऋतुमा स्काइ डाइभ सुरु गरें । विश्वभरबाट भीआईपी विदेशी पर्यटकहरु नेपालमा स्काइ डाइभको लागि ल्याएँ । तर, आखिरमा सरकारले त्यसको लागि अनुमति नै दिएन ।’

Advertisement

नेपालमा काम गर्ने मान्छेलाई काम गर्न नदिने प्रवृत्ति रहेको उनको अनुभव छ । पुर्जालाई २०७८ फागुन १२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको थियो । आफूलाई सरकारले  सद्भावना दूत नियुक्त गरेअनुसार आफूले पनि त्यही अनुसारको काम गर्न सुरु गरेको बताउँदै उनले स्काइ डाइभको लागि नेपाललाई आकर्षक गन्तव्य बनाउन नदिइएकोमा दुःख लागेको बताए । 
 
पुर्जाले भने, ‘फ्रान्सको सामोनी भन्ने ठाउँमा यति धेरै पर्यटन हुन्छ । त्यहाँ रहेको केबलकारबाट मात्रै पनि यति ठूलो ठूलो आय हुन्छ । त्यसमाथि स्काई ड्राइभिङ, प्याराग्लाइडिङ, क्लाइमिङ, अल्पानिज्थ्म लगायत त्यही अनुसारको अवधारणा लिएर नेपालमा गर्ने भनेर विशेषज्ञता लिएर स्काइ डाइभको काम सुरु गर्यौं । देश, विदेशबाट व्यस्त मान्छे, भीआईपी मान्छेहरुलाई मैले वसन्त ऋतुमा नेपाल ल्याएँ । आखिरमा आएर अनुमति दिइएन । अझै पनि स्काइ डाइभको अनुमति दिने हो वा होइन, अभैm सरकारले निर्णय गरेको छैन् । 

उनले सरकारले अनुमति नदिएका कारण आफूले ल्याएका विदेशीहरुलाई स्काइ डाइभ नगरी फर्काउनुपरेको गुनासो गर्दै भने, ‘जति सजाय दिने हो मलाई दिए भइहाल्यो, म मन पर्दैन् भने । मैले नेपालमा प्रगति गरेको देखेपछि सबैको आँखाबाट रगत आउँदो रहेछ । विचरा त्यो विदेशीहरु आफ्नो व्यस्त समयमा पनि बिदा लिकालेर नेपाल आउँछन् । यहाँ आएपछि अनुमति स्काइ डाइभको अनुमति नपाएर फर्किनुपर्छ । यो त हाम्रो देशको बेइजेत भएन र ?’

सन् २००३ मा गोर्खाली सेनामा भर्ना भएका निर्मल पुर्जा २००४ देखि २०१९ सम्म काम गरे र त्यसपछि हिमाल आरोहणमा लागे । ‘गोर्खाली हामी संसारको सबैभन्दा खतरा सिपाही, बहादुर सिपाही भनेर विश्वभरमा चिनिछौं । तर नेपाली एक जना पनि स्पेशल फोर्समा नभएपछि मैले नेपालको नाम अगाडि लैजान सुरु गरें । दुई सय वर्षको इतिहासमा पहिलो नेपाली स्पेशल बोट सर्भिस पास गरेर नाम निकाल्ने पहिलो नेपाली म हु’ उनले भने ।

आफू बेलायती सेनाको स्पेशल फोर्सको सानको जागिर छोडेर र भएको एउटा घर बेचेर आएको सुनाउँदै पुर्जाले भने, ‘म मरेको भएत मेरो श्रीमती, परिवार बाटोमा आउँथ्यो । भाग्यको साथले म आज बाँचेको छु । नेपाल र नेपालीलाई कसरी अगाडि ल्याउने भनेर सधै मेरो मनदेखि नै हिँडिरहेको छु । पर्वतारोहण क्षेत्रमा लागिसकेपछि निष्पक्ष नभएको कुरा महशुस गरेपछि प्रोजेक्ट पोसिबल ल्याएँ । त्यो भन्दा अगाडि १४ पिक भनेको भन्ने के हो ? राम्रोसँग थाहा पनि थिएन होला मान्छेहरुलाई । विश्वभरमा थाहा पनि थिएन । मलाई पनि थाहा थिएन खासमा । तर एउटा यस्ता प्रोजेक्ट निकाले कि जुन चाहिँ मान्छेहरुले कल्पना नै गर्न नसक्ने, नसकेको र मान्छेहरुले यो हुँदै हुदैन भनेको । यो सम्भव छ भन्ने सोचेपछि मैले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल ७ महिनामा आरोहण गरिसक्ने मिसनमा लागें र यो मिसन सफल पनि भयो ।’ 

पर्वतारोही पुर्जाको उक्त रेकर्ड तोड्न विभिन्न देशका मान्छेहरु लाग्दै आएको सुनाए । आफूले बनाएको रेकर्ड नेपालको लागि पनि गर्वको कुरा हो भन्दै उनले यसले यसले नेपालको आयस्रोतमा पनि सहयोग मिलेको बताए । पुर्जाले भावुक हुँदै भने, ‘यति संघर्ष र दुःख गरें । अहिले आएर मलाई नेपाली होइन भन्नु हुन्छ । त्यो गलत हो । मेरो हकअनुसार र नेपालको कानुन अनुसार नै नेपाली गैरआवासीय नेपालीको कागज लिए । तपाइँहरुले कसरी म नेपाली होइन भन्न सक्नु हुन्छ म नेपाली होइन भनेर ? हाम्रो देश सानो छ । काम गर्ने मान्छेलाई काम गर्न दिनुपर्छ ।’ 

उनले थपे, ‘धेरै जसो देश विदेश जानु भयो होला । विदेशमा ‘नथिङ इज इम्पोसिबल’ वृत्तचित्रले विश्वभर चर्चा कमायो, नेटफ्लिक्समा । भन्दाखेरी यो हामी सम्पूर्ण नेपालीलाई नै गर्व गर्ने मौका भयो । तर त्यसलाई मनन् गरिएन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बर्ष कानुनी मापदण्ड नबनेको भन्दै स्काइ डाइभ गर्न रोकेको थियो । मापदण्ड बनेपछि अनुमति दिने पनि प्राधिकरणले अहिलेसम्म न मापदण्ड बनाएको छ, न अनुमति नै दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गत वर्ष विविध कारण स्काइ डाइभ रोकिएको तर्क गरे । उनले यो वर्ष स्काइ डाइभको अनुमति दिने वा नदिने भन्ने बारे हाल निर्णय भइनसकेको बताए । 

nullnull

Advertisement

Advertisement