सानिमा क्यापिटलको १२ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । सानिमा क्यापिटलले लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशतका दरले ३ करोड रुपियाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

लाभांश पारित गर्न कम्पनीले नवौं वार्षिक साधारणसभा पनि डाकेको छ । 

सभा कात्तिक २६ गते दिउँसो ४ बजेदेखि कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बस्नेछ । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेलगायतका  एजेन्डा पनि रहेका छन् ।

Advertisement

Advertisement