तिब्बतको शिशापाङ आरोहण गरि कीर्तिमान बनाएर फर्किएकाहरुलाई विशेष स्वागत

Advertisement

काठमाडौं । तिब्बतको शिशापाङ हिमालको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गरेर स्वदेश फर्किएका पर्वतारोहीहरुलाई काठमाडौंमा विशेष स्वागत गरिएको छ । 

नेपाल पर्वतारोहण संघको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई विशेष स्वागत गरिएको हो । स्वागतमा पर्वतारोहण संघसहित नेपाल नेसनल माउन्टेन गाइड एसोसियसन, मगर संघ, गुरुङ संघ, शेर्पा टुरिजम इन्टेप्रेनर एसोसियसन अफ नेपाल, सेभेन समिति ट्रेक, एलिट एक्पेड, इमाजिन नेपाल, यम्बु थामिचा किदुगलगायतका संघसंस्थाका पदाधिकारी र सदस्य सहभागी थिए । 

Advertisement

शिशापाङ आरोहण गरेर विश्वकै कान्छो आरोही बन्न सफल १८ बर्षीय निमा रिन्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्न सफल दावा याङ्जुम शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु ५० औं पटक आरोहण गर्न सफल तथा बिना अक्सिजन विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमालहरु छोटो समयमा आरोहण गन सफल निर्मल पुर्जा, विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९ जना नेपाली पर्वतारोहीहरुलाई आज स्वागत गरिएको हो । 

undefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement

Advertisement