प्रतिकित्ता रू ३४८ मा सूर्योदय वोमी लघुवित्तको शेयर किन्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज (साउन १३ गते) अन्तिम दिन हो । 

कम्पनीले साउन ४ गतेदेखि एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

Advertisement

प्रतिकित्ता न्यूनतम मूल्य ३४८ रुपियाँ तोकिएको यो शेयर विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न पाउनेछन् । खरिद गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

शेयर खरिद गर्न इच्छुकले आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई बोलकबोलमार्फत गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


साथै, संस्थाले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको जनाएको छ । 

बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

Advertisement

Advertisement