काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ र तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय पुगेको थियो ।