काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति लचिलो नीति लिंदै मौद्रिक नीति सार्वजनिक गरेसँगै आज त्यसको प्रभाव शेयर बजारमा परेको हो ।
आज बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेकर (२० मिनेट) लागेको थियो ।
त्यसपछि फेरि बजार खुले लगत्तै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो । अब बजार ४० मिनेटपछि खुल्नेछ ।
नेप्से १२९.०७ अंकले बढेर २६९७.२१ विन्दुमा पुगेको छ । अब बजार १२ बजेर २ मिनेट २२ सेकेन्डपछि खुल्नेछ ।