नेप्से ११३ अंक उचालियोः लघुवित्तबाहेक सबैमा हरियाली, वाणिज्य बैंकहरुमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन बजार उचालिएर नेप्से २६ सय अंक नाघेको छ । 

गत शुक्रबार राष्ट्र बैंकले लचिलो मौद्रिक नीति सार्वजनिक गरेको प्रभाव आजको शेयर बजारमा देखिएको हो । आज बजार शुरु हुने वित्तीकै पहिलो र २० मिनेटपछि पुनः दोस्रो पटक ४० मिनेटका लागि सर्किट लागेको थियो । त्यसपछि भने बजार केही सम्हालिएको थियो ।
 
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११३.४२ अंकले उचालिएको हो । ४.४१ प्रतिशतले बजार बढ्दा नेप्से २६८१.५६ अंकमा उक्लिएको छ । 

Advertisement

आज लघुवित्त बाहेक अरु सबै समूहमा हरियाली छायो । लघुवित्त समूह भने ०.१८ प्रतिशतले घटेको छ । सबैभन्दा बढी बैंकिङ समूह ९.८९ प्रतिशतले बढेको हो । 

undefined

३१८ कम्पनीका ४ करोड ३ लाख १४ हजार ५ सय १७ कित्ता शेयर किनबेच हूँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २ सय ३५.४५ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न २२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतल बढीले उचालिएको छ । यी मध्ये अधिकाशं वाणिज्य बैंकको शेयर मूल्य बढेको हो । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभ बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । 

समग्रमा बजार बढे पनि गणपति लघुवित्तका लगानीकर्ताहरुले भने सबैभन्दा बढी ९.३५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

कुमारी बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ३६ करोड १० लाख ८ सय ९८.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement