काठमाडौं । विशाल ग्रुपले नयाँ इलेक्ट्रिक गाडी ब्राण्ड भित्राएको छ ।
कम्पनीले लिङ्कटुर ब्राण्डको एफ१० मोडल नेपाल भित्राएको हो । यो गाडीको परीक्षण बाँकीँ नै रहेको कम्पनीले जनाएको छ ।
यसमा ४५ किलोवाटको मोटर र ३२ किलोवाटको ब्याट्री रहेको छ । यसले ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
यसको लम्बाई ३७८० एमएम, चौडाई १६५० एमएम र उचाई १५३० एमएम रहेको छ । कम्पनीले यसको मूल्य ३० लाख निर्धारण गर्ने तयारी गरेको छ ।