काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ ।
बाँडफाँट बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरीमा आज भएको हो ।
कम्पनीको एफपीओमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा ५१०.१३ गुणा बढी आवेदन हो ।
यसमध्ये ४ हजार ६७२ जनाले मात्र शेयर हात पारेका छन् भने बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपियाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।
तलको लिंकमा क्लिक गरी हेर्न सकिन्छः
सीडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login
सीडीएसले आइपीओका लागि सञ्चालन गरेको वेबसाइट iporesult.cdsc.com.np/