काठमाडौं । बुधबार सुनचाँदी मूल्य बढेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपियाँमा कारोबार भएको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।