काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा राखेको छ ।
संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३७ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल संस्थाका कायम शेयरधनीले मात्रै किन्न पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आज (साउन २७) का मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवदेन दिनुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।