शेयर बजारमा उछालः नेप्से २८ सय अंक माथि, पौने २६ अर्बको कारोबार भई नयाँ रेकर्ड

Advertisement

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेर २८ सय अंक पार गरेको छ । त्यस्तै पौने २६ अर्बको कारोबार भई हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । 

गत साउन २२ गते एकै दिन २३ अर्ब २१ करोड ६७ लाखको रेकर्ड आज तोडिएको हो । २०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६० अंकमा पुगेको रेकर्ड विद्यमान छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ९४.५३ अंकले बजार बढेको हो । ३.४१ प्रतिशतले बजार बढ्दा नेप्से २०६०.९१ अंकमा पुगेको छ ।

शेयर बजारमा उछाल आउँदा आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ४.५५ प्रतिशतले बढेको छ । 

आज ३३० कम्पनीका ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता शेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० अंकले बजार बढेको हो । 

undefined

विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा अरु १७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाए । 

त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे । आज ४५ कम्पनीको शेयर मूल्य घट्दा बाँकी सबै उचालिएका छन् । 

आज पनि हिमालयन रि र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । हिमालयन रि को १ अर्ब ५२ करोड र शिवम् सिमेन्टको १ अर्ब १६ करोड रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement