काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
शेयरको न्यूनतम प्रतिकित्ता मूल्य ५०० रुपियाँ तोकिएको छ ।