काठमाडौं । चिनियाँ ब्राण्ड ‘नामी’ नेपाली बजारमा भित्रिन लागेको छ ।
डोङफेङ मोटर्सको स्वामित्वमा रहेको नामीलाई नेपालमा एमएडब्लु बृद्धीले नेपाली बजारमा ल्याउन लागेको हो । कम्पनीले पहिलो चरणमा नामी ०१ ह्याचब्याक बजारमा ल्याउँदै छ ।
डब्लुएलटिपी अनुसार नामी ०१ को रेन्ज २५० किलोमिटर र ३३० किलोमिटरको छ । यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ ।
यसको मोटरले ७० किलोवाट पावर र १६० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यो गाडी नेपालमा प्रतिक्षित ह्याच ब्याक हो ।
यी ६ करण जसले नामी ०१ लाई आफ्नो सेग्मेन्टमा प्रिमियम तथा स्मार्ट ह्याचब्याक बनाउछ ।
–कम्प्याक्ट र प्रिमियम डिजाइन
–फ्रेमलेस ढोका र फ्लस ह्याण्डलहरू
–अटोम्याटिक पार्किङ
–कलर अप्सन
–एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम
–विशाल र स्टाइलिस इन्टेरियर ।