हुण्डाई गाडी टेष्ट ड्राइभ गर्नेलाई माइक्रोवेभ ओभनदेखि रेफ्रिजरेटरसम्म जित्ने अवसर

Advertisement

काठमाडौं । हुण्डाई गाडी टेष्ट ड्राइभ गर्नेलाई माइक्रोवेभ ओभन देखि रेफ्रिजरेटरसम्म जित्ने अवसर पाउने भएका छन् । 

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको ‘हुण्डाई टेष्ट ड्राइभ एण्ड विन’ क्याम्पेन अन्तरर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् । 

Advertisement

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो क्याम्पेन दुई साता चल्ने कम्पनी ले जानकारी दिएको छ।

नयाँ हुन्डाई क्रेटा गत हप्ता सार्वजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा ९ वर्ष अघि क्रेटा बिक्री गर्न सुरु गरेको थियो । 

यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु १.२(एस)को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२(एसएक्स) को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । मेड इन नेपाल हुन्डाई भेन्यु मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ ।

साउन २८ गतेबाट सुरु भएको यस क्याम्पेनमा इच्छुक व्यक्ती आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन् । 

यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेज मार्फत जानकारी गराईने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement