मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि, कति तोकियो ओपनिङ रेन्ज ?

Advertisement

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आज (मंगलबार) देखि खुल्ने भएको छ । ​

साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त एकआपसमा गाभिएपछि रोक्का रहेको शेयर कारोबार ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट खुल्ने भएको हो ।

जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०.८८३४ अनुपातमा मर्ज भएका थिए । मर्जपछि  यिनीहरूको ६२ लाख ८३ हजार ५७३.३७ कित्ता शेयर मातृभूमि लघुवित्तका नाममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । 

Advertisement

नेप्सेले ‘मातृभूमि’ लघुवित्तलाई ‘एमएटीआरआई’ कारोबार संकेत प्रदान गरेको छ । मर्जरपछिको पहिलो कारोबारका लागि मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

Advertisement

Advertisement