काठमाडौं । केही दिन देखि लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । केही दिन यता कारोबार रकमको रेकर्ड पनि दिनदिनै तोडिएको थियो । तर आज नेप्से तल झरेसँगै कारोबार रकम पनि केही घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.१८ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से २९२३.४६ अंकमा झरेको छ ।
समग्रमा बजारमा करेक्शन देखिए पनि बैंकिङ ०.४५, वित्त १.५७, लगानी ०.०८, जीवन बीमा ०.५४ र ट्रेडिङ समूह ०.०६ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भए । होटल समूह सबैभन्दा बढी २.२५ प्रतिशतले घटेको छ ।
आज ३३२ कम्पनीका ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३.३१ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा करेक्शन आए पनि मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, ङादी हाइड्रो, मिड सोलु हाइड्रो, बिन्ध्यवासिनी हाइड्रो र शुभम् पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९७, ९.९१, ९.७५ र ९.६५ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेपाल फाइनान्सकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८१ कराड ९९ लाख ४० हजार ८ सय २२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ९४.५३ अंकले बजार उचालिंदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५ सय ९.९० रुपियाँ र हिजो सोमबार ७०।८१ अंकले बजार उचालिंदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५.८९ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।