काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजित नाडा अटो शो २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ ।
नाडाले आज पत्रकार सम्मेलन गरी उक्त अटो शो को तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो ।
राजधानी काठमाडौंको भृकुटी मण्डपमा प्रदर्शनी स्थलमा हुने उक्त अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने नाडा अध्यक्ष करण चौधरीले पत्रकार सम्मेलनमा बताए ।
टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजकको रुपमा रहेको जानकारी दिइयो । यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्राण्ड, १९ दुई पाङ्ग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्डहरु प्रदर्शन गरिने छ ।
साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । ७ वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शक सहभागी हुने छन्, जसले १३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने छन् ।
उक्त अटो शो ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।