लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा आज सम्पन्न भएको छ । विशेष साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए । 

विशेष साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

Advertisement

कम्पनीको विशेष साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पाण्डेले कम्पनीको जारी पूँजी अन्र्तगत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत रकम रु. २२,५०,००,०००/– अक्षरेपी बाईस करोड पचास लाखको प्रति कित्ता अंकित मूल्य रु. १००/– का दरले हुने जम्मा शेयर संख्या २२,५०,००० (बाइस लाख पचास हजार) प्रचलित कानूनको अधिनमा रही प्राथमिक सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणका लागि निष्काशन गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल भई पारित गरियो । 

त्यसैगरी प्राथमिक सार्वजनिक निष्काशनमार्फत बिक्रीबाट प्राप्त हुने रकम रु.२२.५० करोड रुपियाँ नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पारित गरियो । 

सोही विशेष साधारण सभाबाट आईपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने निर्णय भएको छ ।   

Advertisement

Advertisement