थामेका बाढीपीडितलाई एमालेको सामाजिक सेवा केन्द्रले ३० लाखबराबरको सहयोग गर्ने

Advertisement

काठमाडौं । नेकपा एमालेको सामाजिक सेवा केन्द्रले बाढीपीडितलाई सहयोग गर्ने भएको छ ।

केन्द्रले सोलुखुम्बुको थामेमा आएको बाढीपीडितलाई ३० लाख रुपियाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । 

Advertisement

पूर्वराज्यमन्त्री एवं उद्योगी मोती दुगडले थामेमा आएको बाढीले ठूलो जनधनको क्षति गरेकाले त्यहाँका बाढीपीडितलाई सहयोग गर्न लागिएको कर्पोरेट नेपाललाई बताए । 

‘सामाजिक सेवा केन्द्रले बाढीपीडितको घाउमा थोरै भए पनि मल्हम लगाउन खोजेको छ,’ उनले भने, ‘यो विपत्को घडीमा पीडितलाई केही राहत होस् भनी सहयोग गर्न लागेका हौं ।’

शुक्रबार हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा दुईवटा हिमताल फुटेपछि बाढी आएको थियो । सो बाढीमा परी १५ घरमा पूर्ण क्षति पुगेको छ भने १० घरमा आंशिक क्षति भएको छ । 

Advertisement

Advertisement