बाढी पहिरोमा ज्यान गुमाउने २३८ जनाको परिवारले पायो राहत रकम, १२ परिवार अझै बाँकी

Advertisement

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता आएको विनाशकारी बाढी, पहिरो र डुबानमा ज्यान गुमाएकाका परिवारलाई राहत रकम दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक दुई लाख रुपियाँका दरले राहत रकम दिइएको हो ।

Advertisement

विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारण उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको जनाइएको छ । 

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड ४६ लाख रुपियाँ वितरण गरिसकेको गृह मन्त्रालयले दावी गरेको छ । 

विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

Advertisement

Advertisement