काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
सरकारले जनैपूर्णिमाको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।
त्यस्तै भोलि अर्थात् मंगलबार पनि शेयरबजारसहित उपत्यकाभित्रका विभिन्न बैंक तथा वित्तीय संस्था आदि बन्द रहनेछन् ।
मंगलबार गाईजात्रा भएकाले सरकारले उपत्यका बिदा दिएको छ ।
यसअघि आइतबार (हिजो) शेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ अंकमा बजार भएको थियो । अर्को कारोबार बुधबार मात्रै हुनेछ ।