सम्हालियो शेयर बजारः नेप्सेमा झिनो सुधार, १८ अर्ब ९० करोडको कारोबार

Advertisement

काठमाडौं । भदौ महिना शुरु भएको दिन गत २ गते आइतबार उच्च अंकले घटेको शेयर बजार आज बुधबार भने सम्हालिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.११ अंकले उचालिएको हो । ०.०७ प्रतिशतले बजार बढ्दा नेप्से २९६८.४४ अंकमा पुगेको छ । 

Advertisement

बजारमा झिनो सुधार देखिंदा बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य समूह क्रमशः ०.५९, ०.७२, ४.९९, ०.१२ र ०.१८ प्रतिशतले बढेका छन् भने बाँकी रातम्मे भए । 

undefined

आज ३३७ कम्पनीका ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता शेयर किनबेच हूँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२.०१ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावरको शेयर मूल्य १०–१० प्रतिशतले बढ्दा मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । अरु ४ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशतले बढी नाफा कमाएका छन् । 

undefined

त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६६ करोड २ लाख ३९ हजार ५ सय ७३.५९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ३४.४७ अंकले घट्दा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार जनै पूर्णिमा र मंगलबार गाइजात्रा पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।  

Advertisement

Advertisement