काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा बिक्री नभएपछि सर्वसाधारणले खरिद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।
इच्छुक लगानीकर्ताले एक हप्ताभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलाञ्चोकमा आफूले खरिद गर्न चाहेको शेयर र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।