सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख ३९ हजार ६८३ कित्ता शेयरको बिक्री खुला गरेको हो । 

Advertisement

हाल यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आफूले के कति शेयर खरिद गर्ने हो सोको विवरण खुलाइ ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । 

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement