सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले ४ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ७५ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको भए पनि उनीहरूले नकिनेपछि सर्वसाधारणका लागि बिक्री खुला भएको हो । 

इच्छुक जोकोही व्यक्ति वा संस्थाले आज (भदौ ७) का मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

निवेदन दिँदा आफूले लिन चाहेको कित्ता पनि खुलाउनुपर्ने बैंकले जनाएको छ । 


 

Advertisement

Advertisement