काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।