विजय लघुवित्तको ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ६४ हजार ३०८ कित्ता शेयर बिक्रीका लागि राखेको छ ।

यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।

Advertisement

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको धुलिखेल, काभ्रेपलान्चोकमा सम्पर्क गरी खरिद निवेदन दिन सक्नेछन् । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । 

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो अन्य अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ । 

Advertisement

Advertisement