गुरुङ सम्पदा पदमार्गको शुभारम्भ, अन्नपूर्ण चक्रिय पदमार्गलाई पुनः व्युँताउन सकिने

Advertisement

काठमाडौं । गुरुङ सम्पदा पदमार्गको शुभारम्भ गरिएको छ । सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यसको शुक्रबार शुभारम्भ गरेका हुन् । 

कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ)बाट सुरु भएर दश दिनमा मनाङको चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पूरा हुने यस गुरुङ सम्पदा पदमार्गको २०८१ जेठ २१ देखि ३० गतेसम्म गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)को सहभागितामा खोज तथा अनुसन्धान गरिएको हो । 

Advertisement

यो पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न भएपछि पहिलो पटक पोखरामा सार्वजनिकीकरण गरिएको थियो । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्गहरु छोटिँदै र खुम्चिदै गइरहेको बेला गुरुङ सम्पदा पदमार्गले नयाँ आशा जगाएको सम्वद्ध व्यक्तिहरुको भनाई छ । विशेष गरेर विश्वकै उत्कृष्ट मध्येको अन्नपूर्ण चक्रिय पदमार्गलाई पुनः व्युँताउन सकिने संभावनालाई यस पदमार्गले उजागर गरेको उनीहरुको भनाई छ । 

पदमार्ग योजनामा काम गरिरहेका इञ्जिनियर, अन्वेषक, जीपीएस एक्सपर्ट, सञ्चारविज्ञ, जिटिनका पदाधिकारी, पर्यटक पदप्रदर्शक तथा सहयोगीसहित ३३ जनाको समूहले गरेको खोज तथा अनुसन्धान कार्यले यस पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालिएको छ । साथै पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरुको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको जनाइएको छ । 

Advertisement

Advertisement