काठमाडौं । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ लेकखर्कमा आएको भीषण पहिरोमा दुई जनाको मृत्यु भएको छ ।
शनिबार रातिको भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा ११ जना बेपत्ता भएका छन् । सोही पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् ।
बिहान ३ः३५ बजे लेकखर्क गाउँमा पहिरो खसेको हो ।
पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको बताइएको छ ।
पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।