दुध र उखु किसानलाई दशैंअघि नै भुक्तानी दिलाउने कृषिमन्त्रीको आश्वासन

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानी दिने आश्वासन दिएका छन् । 

आईतवार मन्त्रालयमा उनले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानी एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताए । अधिकारीले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई  ६० करोड रुपियाँ उपलब्ध गराउने योजना रहेको बताए । 

Advertisement

मन्त्री अधिकारीले दुग्ध किसानलाई एक अर्ब ३६ करोड रुपियाँ तिर्न बाँकी रहेको बताउँदै दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताए । सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताए । 

उखु किसानलाई एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै अधिकारीले उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताए । उनले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताए । अधिकारीले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘सरकारले एक अर्ब ३६ करोड रुपियाँ किसानलाई तिर्न बाँकी छ । उक्त रकम यो महिनाभित्र वा दशैँअघिसम्म विगत ११ महिनादेखि बाँकी रहेको भुक्तानी पाउनु हुनेछ । सरकारले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सोच बनाएको छ । किसानसँग उधारो दुग्ध किन्न तर नगदमा बेच्ने किसानलाई पैसा नदिने समस्या दीर्घकालिन रुपमा नओस् भन्ने गरी समाधानका उपाय बनाउने छौं । उखु किसानको विषयमा पनि मन्त्रालय जानकार छ । दशैँअघि रकम उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ ।  कृषि मन्त्रालयको जिम्मेवारीमा म छु । मैले जिम्मा लिन सक्छु । अन्तरसमन्वय गर्नुपर्ने काम हुँदैछ । 

वन, भूमिसुधार, उद्योग, अर्थ, प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयसँग समन्वय अपरिहार्य छ । हामी अन्तरमन्त्रालय समन्वय गरेर जान्छौं । मलाई गलत गर्ने छृुट छैन । ठूला राजनीतिक दलहरुप्रति मान्छेहरुको वितृष्णा फैलिएको छ । वितृष्णा फैलिन नदिन विगतमा जस्तै भयो भने ममा फरक के त ? त्यसकारण त्यसमा छुट मसँग छैन । कृषि क्षेत्रको सुधार गर्नेतर्फ र उद्देश्यमा पु¥याउने तर्फ कमजोरी हुन दिई अगाडि बढ्ने उद्देश्य बोकेको छु । कृषि बस्तुमा विषादी प्रयोगको विषयमा मलाई थाहा छ । काभ्रे, मकवानपुर, धादिङ, चितवन जिल्लाका विषयमा जानकारी छ । त्यसको व्यवस्थापन गर्ने र विषादिको अत्याधिक प्रयोग नियन्त्रण गर्नु जरुरी छ । तत्काल आज नै सम्भावना नहोला । तर न्युनिकरणको लागि मन्त्रालयको तर्फबाट गरिनुपर्ने काममा कमजोरी हुँदैन ।’

मन्त्री अधिकारीले कृषि मन्त्रालयको जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताए । उनले त्यसको लागि मन्त्रालयगत रुपमा समन्वय गरी कृषि क्षेत्रमा देखिएका समस्या मसाधान गर्दै लैजाने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement