काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
सरकारले कृष्ण जन्माष्टमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।
यसअघि आइतबार (हिजो) शेयर बजार ७९.८८ अंकले घटेर २८९४.५७ अंकमा बजार भएको थियो ।
अर्को कारोबार मंगलबार मात्रै हुनेछ ।