‘कुमारी सुनौलो लगानी योजना’को बुकक्लोज आज

Advertisement

काठमाडौं । ‘कुमारी सुनौलो लगानी योजना’ले लाभांश (प्रतिफल) वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । 

भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई करसहित १०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । सोही प्रयोजनका लागि आज (भदौ ११) गते बुकक्लोज गर्न लागिएको हो । 

Advertisement

भदौ १० गतेसम्म कायम इकाइधनी मात्रै घोषित लाभांश पाउने योग्य हुनेछन् । 

त्यसैगरी कम्पनीले योजनाका इकाइधनीले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गर्न सकिनेसमेत बताएको छ । 

इच्छुक इकाइधनीले भदौ २५ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ । 

यस खुलामुखी योजनाको कोष प्रवद्र्धकमा कुमारी बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरीमा कुमारी क्यापिटल रहेको छ । 

 

Advertisement

Advertisement