नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरको बिक्री खुला गरेको छ । 

संस्थाले विभिन्न आठ जना संस्थापक शेयरधनीको नाममा रहेको ७२ हजार १५९ कित्ता शेयरको बिक्री खुलाएको हो ।

Advertisement

यो शेयर संस्थाका विद्यमान शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आजको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेपलान्चोकमा लिखित जानकारी गराउनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ । 
 

Advertisement

Advertisement