काठमाडौं । साहस ऊर्जा लिमिटेडको साधारण शेयरको ‘लक इन’ अवधि अर्को महिना सकिँदैछ ।
कम्पनीका संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ३५ लाख कित्ता र कर्मचारीको २ लाख १० हजार शेयरको ‘लक इन’ असोज १६ गतेपछि सकिन लागेको हो ।
लक इन अवधि सकिएपछि शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ ।
कम्पनीले संस्थापक, आयोजना प्रभाविक बासिन्दा तथा कर्मचारीलाई आईपीओ निष्कासन गरी २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई शेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक शेयरधनीले धारण गरेको शेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल रहेको छ ।