काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिगमार्ट) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यसहित सम्झौता भएको छ । सम्झौतापश्चात् देशभर रहेका बिग मार्टका आउटलेटबाट बैंकका ग्राहकले बैंकले सामान खरिद गर्दा आर्कषक सुविधा पाउनेछन् ।
यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्ट मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्नेछ ।
बैंकले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।