काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।