अमेरिकी डलर र युरोको भाउ घट्यो, यस्तो छ विनिमयदर

Advertisement

काठमाडौँ । शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपिया ९० पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ५० पैसा रहेको थियो ।

Advertisement

त्यस्तै हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । शुक्रबार एक युरोको खरिददर एक सय ४८ रुपियाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ २५ पैसा कामय रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपियाँ  ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ ०६ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ २४ पैसा रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ०१ पैसा र बिक्रीदर ९१ रुपियाँ ४२ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ २३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९७ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७३ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपियाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ९९ पैसा र बिक्रीदर ३१ रुपियाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ चार पैसा र बिक्रीदर १० रुपियाँ नौ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०८ पैसा र बिक्रीदर १३ रुपियाँ १४ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८९ पैसा र बिक्रीदर १९ रुपियाँ ९८ पैसा रहेको छ ।

आज हङकङ डलर एकको खरिददर १७ रुपियाँ  १७ पैसा र बिक्रीदर १७ रुपियाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ र बिक्रीदर चार सय ४० रुपियाँ २९ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ २१ पैसा र बिक्रीदर तीन सय ५६ रुपियाँ ८० पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।

Advertisement

Advertisement