काठमाडौं । विशाल बजार कम्पनीले पार्किङस्थल भाडामा लिएर नतिर्ने कम्पनीलाई तत्काल भाडा रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।
विशाल बजारको पार्किङ क्षेत्र सञ्चालन गर्ने उज्वल निर्माण सेवालाई ३५ दिनभित्र भाडाबापतको ५ करोड रुपियाँ भुक्तानी गर्न निर्देशन दिएको हो ।
सम्झौताबमोजिम हुम्ला ठेगाना भएकाे उज्वल निर्माण सेवाले मासिक बहाल रकम, विद्युत महशुलबापतको रकम र सोको हर्जना रकम समेत गरी ४ करोड ९२ लाख ६८ हजार ८४० रुपियाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
समयमै उक्त रकम भुक्तानी नगरेमा कानुनी कारवाहीको प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।