सानिमा क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा

Advertisement

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डले लाभांश घोषणा भएको छ ।

लाभांश घोषणा हुनेमा ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ रहेका छन् । 

Advertisement

क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

यद्यपि, क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन ।

undefined

Advertisement

Advertisement