कुमारी बैंकले क्युआर कारोबारकै धितोमा दुईलाखसम्म कर्जा दिने

Advertisement

काठमाडौं । कुमारी बैंकले देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्न क्युआर कारोबारकै धितोमा ‘क्युआर मर्चेन्ट फोनलोन सुविधा’ संचालन गरिहेको छ । 

यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा दशहजार रुपियाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले दुईलाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् । 

Advertisement

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले ब्यावसायीहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तिय संयन्त्रमा आकर्षित हुने तथा उनीहरुको उद्यमशिलता प्रर्वद्धनमा केहि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

Advertisement

Advertisement