आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक: अध्यक्ष ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको औंल्याएका छन् । 

सोमबार नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेटवार्ता गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

Advertisement

पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तीब्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक आवश्यक रहेकोतर्फ मुख्य सचिवको ध्यानाकर्षण गरेका हुन् । 

उक्त भेटका क्रममा अध्यक्ष ढकालले आर्थिक क्षेत्र सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने प्रतिवद्धता समेत जनाए । 

निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन समेत अध्यक्ष ढकालले मुख्यसचिव अर्याललाई आग्रह गरे । सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको उनले बताए ।

सोही अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानुनहरु बनेकोमा असन्तुष्टि जनाउँदै यसले लगानी निरुत्साहित हुने खतरा बढ्ने मुख्य सचिव अर्याललाई सचेत गराए ।  

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आफुलेले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

Advertisement