काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीनवटा बन्दमुखी योजनाको बुकक्लोज मिति तय भएको छ ।
सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ ।
सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८० ०८१ को मुनाफाबाट योजना इकाइधनीलाई प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ २६ गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको हो ।
तसर्थ भदौ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै प्रतिफल पाउन सक्नेछन् ।
सानिमा इक्विटीले करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड र सानीमा ग्रोथ फण्डले करसहित १०/१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् ।
यी तीनवटै योजनाको कोष प्रवर्द्धकका सानिमा बैंक तथा योजना व्यवस्थापक एवं डिपोजटरीमा सानिमा क्यापिटल रहेको छ ।