काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि लाभांश सीधै शेयरधनीको हितग्राही (डिम्याट) खातामा आईपीएसमार्फत रकम जम्मा गरिने हुँदा शेयर अभौतीकरण गर्न आग्रह गरेको हो । साथै, कम्पनीले हितग्राही खाता खोलिसकेका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न पनि भनेको छ ।
कम्पनीका अनुसार हालसम्म आफ्नो नाममा भौतिक शेयर धारण गरेका शेयरधनी हितग्राही खाता खोली शेयर अभौतिकीकरण पनि गनुपर्नेछ ।
हितग्राही खातामा मात्रै लाभांश रकम भुक्तान गरिने हुँदा कम्पनीको शेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं वा कुनै पनि निक्षेप सदस्या खाता खोल्न सकिने बताइएको छ ।
त्यसैगरी कम्पनीले शेयरधनीलाई प्यान तथा फोन नम्बर, हालको ठेगाना, इमेल आईडीलगायतका विवरणसमेत अद्यावधिक गर्न आग्रह गरेको छ ।