आजको मौसम : दिउँसो चारवटा र राति दुईवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Advertisement

काठमाडौं ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार​​ आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

विभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यता कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुने सक्ने विभागले जनाएको छ । 

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ  भने बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement