एनआईबीएल ग्रोथ फण्डको ६.३५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । एनआईबीएल ग्रोथ फण्डको लाभांश घोषणा भएको छ ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई लाभांश (प्रतिफल) दिने घोषणा गरेको हो ।

Advertisement

योजना व्यवस्थापकसमेत रहेको एनआईएमबीएस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको १२६औं बैठकले गत आवका लागि एनआईबीएल ग्रोथ फण्डका इकाइधनीलाई करसहित ६.३५ का दरले हुन आउने ८ करोड ३८ लाख २० हजार रुपियाँबराबरको नगद लाभांश वितरण निर्णय गरेको हो ।

योजनाको कोष प्रवर्द्धकdf नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक) तथा योजना व्यवस्थापकमा एनआईएमबिएस क्यापिटल (साविक एनआईएमबिएल एस क्यापिटल) रहेको छ । 

बुक क्लोजको मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ । 

 

Advertisement

Advertisement