काठमाडौँ । राजधानीको नक्सालस्थित टेस्ला गाडीको सोरुममा आज शुक्रबार दिउसो रहस्यमय आगलागी भएको छ ।
विद्युतीय गाडी (ईभी) टेस्लाको कार्यालयमा आगलागी भएपछि सुरक्षाकर्मी र दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो । आगलागीपछि प्रहरी मुख्यालयको दमकल आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि तीजको दिन महिला कर्मचारीहरु नभएको समयमा आगलागी हुने कुरालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुग्नुका साथै कार्यालयका कागजपत्र, फर्निचर, विद्युतीय उपकरणहरुमा क्षति पुगेको छ । अहिले क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।