माण्डु हाइड्रोद्वारा १२ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनी सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–०८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 

यसैबीच कम्पनीले असोज १४ गते बिहान १० बजे नेपा बैंक्वेट नयाँबजार काठमाडौंमा साधारण सभा बोलाएको छ । 

साधारण सभा प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोजको मिति तोक्ने निर्णय भएको कम्पनी सचिव श्रेष्ठले उल्लेख गरेका छन् । 
 

Advertisement

Advertisement