कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

हाल साे शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय नक्साल, टंगालमा निवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयावधिभित्र खरिद निवेदन नपरेमा साे शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement